ह्यारिसद्वारा ह्वाइट हाउस अभियानको पहिलो साता २० करोड डलर सङ्कलन « Khabarhub

ह्यारिसद्वारा ह्वाइट हाउस अभियानको पहिलो साता २० करोड डलर सङ्कलन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनको दौडमा यो अचम्म पार्ने उपलब्धि हो ।

आइतबार आफ्नो पछिल्लो कोष सङ्कलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा अर्थात ६६ प्रतिशत सन् २०२४ को चुनावी चक्रमा पहिलोपटक योगदानकर्ताहरूबाट आएको बताएको छ । राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिने घोषणा गर्नुभएपछि र ह्यारिसलाई समर्थन गरेपछि उक्त अभियान बनाइएको थियो ।

एक लाख ७० हजारभन्दा धेरै स्वयंसेवकले ह्यारिस अभियानलाई फोन बैंकिङ, प्रचार र अन्य गेट–आउट–द–भोट प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निर्वाचन हुन एक सय दिन बाँकी छ ।

अभियानका सञ्चार निर्देशक माइकल टायलरले भने, “उपराष्ट्रपति ह्यारिसका लागि गति र ऊर्जा वास्तविक छ र यो दौडमा आधारभूत कुराहरू पनि छन् । यो निर्वाचन धेरै नजिक हुनेछ र केही राज्यमा थोरै मतदाताहरूले निर्णय गर्नेछन् ।”

ह्यारिसले शनिबार म्यासचुसेट्सको पिट्सफिल्डमा अभियान सुरु गरे र सयौँ मानिसलाई धन सञ्चय अभियानमा आकर्षित गरे । उक्त स्थानमा राष्ट्रपति बाइडेन डेमोक्रेटिक टिकटको शीर्ष स्थानमा रहँदा अभियान सुरु गरिएको थियो । अभियानका अनुसार सुरुमा चार लाख डलर उठाउने अपेक्षा गरिए पनि करिब १४ लाख डलर सङ्कलन भयो ।

बाइडेन दौडबाट बाहिरिनु भएपछि ह्यारिसले तुरुन्तै डेमोक्रेटिक समर्थन प्राप्त गर्नुभयो । जुन २७ मा ट्रम्पविरुद्ध लज्जास्पद बहस प्रदर्शनपछि बाइडेनको उम्मेदवारी असफल भएको थियो ।

पूर्वसभामुख न्यान्सी पेलोसी, सिनेटका बहुमत नेता चक सुमर, हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिज, पूर्व हाउस माइनरिटी ह्विप जिम क्लाइबर्न, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले ह्यारिसलाई तुरुन्तै समर्थन गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ५७ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन