आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित « Khabarhub

आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव र एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष रहेका साह निर्विरोध आईसीसी अध्यक्ष बनेका हुन्।

उनी २०१९ बीसीसीआईको सचिव र २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष थिए। आईसीसीको अध्यक्षको जिम्मेवारी उनले डिसेम्बर १ देखि ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा शाहको उम्मेदवारी परेको थियो। शाह निर्विरोध निर्वाचित भएसँगै वर्तमान अध्यक्ष ग्रेग बार्कले दुई कार्यकालपछि बिदा लिने भएका हुन्।

निर्विरोध निर्वाचित भएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ५ : १८ बजे

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली