आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित « Khabarhub

आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव र एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष रहेका साह निर्विरोध आईसीसी अध्यक्ष बनेका हुन्।

उनी २०१९ बीसीसीआईको सचिव र २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष थिए। आईसीसीको अध्यक्षको जिम्मेवारी उनले डिसेम्बर १ देखि ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा शाहको उम्मेदवारी परेको थियो। शाह निर्विरोध निर्वाचित भएसँगै वर्तमान अध्यक्ष ग्रेग बार्कले दुई कार्यकालपछि बिदा लिने भएका हुन्।

निर्विरोध निर्वाचित भएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : १८ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले