योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन « Khabarhub

योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाए

माओवादीको विरोधपछि सभामुख घिमिरेले भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुखको निर्देशनपछि एमाले सांसद भट्टराई र रघुजी पन्तलले माओवादीको जनयुद्धलाई ‘हिंसा’ नै भन्दै संसद्‍मा बोल्न पाइने बताए ।

त्यसमा पनि माओवादी सांसदहरूले विरोध गरेपछि उक्त शब्दबारे यसअघि नै निर्देशन दिइसकेको भन्दै सभामुख घिमिरेले नियमित प्रक्रियामा फर्किन आग्रह गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : १३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा