तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण | Khabarhub Khabarhub

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ ।

राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । ‘करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ’, संयोजक बस्नेतले भने ।

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए ।

राष्ट्रिय जिन बैङ्का प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे  । परीक्षण गरिएका नौमध्ये पाँच जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् ।

अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउने बताइएको छ । विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको थियो ।

गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए। उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : १८ बजे

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् । ‘जेनजी’

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको