उपाधि भिडन्तको पहिलो हाफमा गोल खायो नेपालले « Khabarhub

साफ यु–२० च्याम्पियनसिप

उपाधि भिडन्तको पहिलो हाफमा गोल खायो नेपालले


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपालले पहिलो हाफमा गोल खाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा गोल खाएको हो ।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका हुन् ।

सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीचको दोस्रो हाफको खेल बाँकी छ ।

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यस्तोमा बंगलादेशले पहिलो हाफमा चाहेअनुसारको गोल गर्न सफल भएको छ ।

यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए । यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ३० बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको