आरजुसँगै जहाजमा धनगढी पुगेका प्रचण्डले भने- ‘हेल्लोहाई’ मात्रै भयो « Khabarhub

आरजुसँगै जहाजमा धनगढी पुगेका प्रचण्डले भने- ‘हेल्लोहाई’ मात्रै भयो


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बुधबार एकै जहाजमा धनगढी पुगेका छन् ।

प्रचण्ड माओवादीका सबैजसो पदाधीकारीसहित पार्टीको कार्यक्रममा धनगढी पुगेका हुन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल पनि धनगढी उत्रिएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश परामर्श बैठकलाई सम्बोधनका लागि प्रचण्डसहितका नेता धनगढी उत्रिँदा सुरक्षा व्यवस्था मिलाउन चर्को परेको थियो ।

परराष्ट्रमन्त्री र प्रचण्ड एकसाथ धनगढी उत्रिँदा स्थानीय सुरक्षा अधिकारीलाई परिस्थिति र कार्यकर्ता सम्हाल्न मुस्किल परेको हो ।

प्रचण्ड दुई दिनसम्म हुने पार्टी बैठकमा भाग लिन पुगेका हुन्। त्यहाँ माओवादीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेश पदाधिकारी पनि जम्मा भएका छन् । प्रदेश परामर्श बैठक धनगढीमा सुरु भइसकेको छ।

प्रचण्ड सवार जहाजमै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी उत्रिँदा उनलाई स्वागतका लागि सयौँ कार्यकर्ता विमानस्थलमा थिए ।

धनगढी उत्रिएपछि अध्यक्ष प्रचण्डले आरजुसँग ‘हेल्लोहाई’ मात्रै भएको प्रतिक्रिया दिए । एकै जहाजमा आएकाले कुराकानी भए नभएकोबारेमा जिज्ञासा राख्दा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ४ : १२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक