नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे  | Khabarhub Khabarhub

नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –नेप्से)को प्रांगणमा बडेमानको साँढे ठडिँने भएको छ । शेयर बजारमा बुल –बढेको बजार)लाई साँढेले र बियर (घटेको बजार)लाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्रांगणमा बन्ने भएको हो ।

उक्त साँढेको ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको साँढे नेप्सेको भवनमा ठडिन्दैछ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार साँढेको मुक्ती पूर्ण रुपमा दशैँ अगाडिसम्ममा ठडिने बताउँछन् । ‘अहिले साँढे ठडिने क्रम जारी छ’, पराजुलीले खबरहबसँग भने, ‘दशैँ अगाडिसम्ममा पुरै फिनिसिङ हुन्छ ।’

उक्त साँढे ६०० केजी धलोट (पहेँलो देखिने धातु) को बन्दै गरेको पराजुलीले बताए । ‘यसको(साँढे) हामीले ६०० केजीको ठेक्का दिएको हो’, पराजुलीले भने, ‘तर यो १२ सय केजीको जति बनेको हुनसक्ने हाम्रो अनुमान छ ।’

साँढे सहित नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाईहुने इलोट्रिसिटिको सामान र ज्यानेरेटर लगायतको काम गरेर १ करोड ४८ लाखमा ठेक्का लागेको हो । साँढे पनि तेही अन्तरगत परेकाले १ करोड ४८ लाख भित्रै उक्त काम परेको पराजुलीले जानकारी दिए ।

अहिले नेप्से अगाडिको साढे ठडाउने काम ललितपुरका कालिगणले गरिरहेका छन् । त्यहाँ काम गर्ने कालिगणका अनुसार साँढेको ७० प्रतिशत काम सम्पन्न भएको छ । काम अगाडि नै सकिनु पर्ने भए पनि साँढे बनाउने काम निकै कठिन भएकाले त्यो काम पुरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए ।

‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगणले भने, ‘पुरै साँढेको पिस, जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरेपछि फिनिसिङ गरेपछि काम पुरा हुन्छ ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : १४ बजे

यसरी बनाउनुहोस् घरमै गुलाब जल

काठमाडौं– गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई

पुनर्संरचना गर्न सके चतरा नहरमा सम्भव छ जल यातायात

काठमाडौं – सन् १९५४ मा कोशी सम्झौतापछि सुनसरी-मोरङका ६८००० हेक्टर

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित

आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी – लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न

पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका