खेलकुद

घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेश बन्यो च्याम्पियन (तस्बिरहरू)

By खबरहब

August 28, 2024

काठमाडौं- घरेलु टोली नेपाललाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १–१ गोल गरे ।

नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए । खेलको पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले अग्रता लिएको थियो ।

मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । त्यस्तै मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे ।

८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गरे । दोश्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे ।

च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी थिए । यससँगै बंगलादेशले समूह चरणमा भोगेको हारको बदला पनि लिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी