एकीकृत समाजवादी काठमाडौंका उपाध्यक्ष र सचिव एमालेमा फर्किए « Khabarhub

एकीकृत समाजवादी काठमाडौंका उपाध्यक्ष र सचिव एमालेमा फर्किए


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायत नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी परित्याग गरेका नेताहरू बुधबार नेकपा एमालेमा फर्किएका हुन् । उनीहरू माधवकुमार नेपालले विभाजन गर्दा एमालेबाटै समाजवादीमा गएका थिए ।

उनीहरूलाई एमाले बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायत नेताहरूले पार्टीमा स्वागत गरे ।

समाजवादीबाट पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएको भएको एमाले स्थायी कमिटी सदस्य भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चयन भइरहँदा काठमाडौं नेता कार्यकर्ताहरू एमालेतिर लागेका हुन् ।

एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ०८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच