देवेन्द्र पौडेल भन्छन्- सरकारबाट बाहिरिएकोमा पीडा छैन, जनतामा जाने अवसर पायौँ  « Khabarhub

देवेन्द्र पौडेल भन्छन्- सरकारबाट बाहिरिएकोमा पीडा छैन, जनतामा जाने अवसर पायौँ 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको भन्दै सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका हुन् ।

सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने देखिएको उनले बताए । उनले जनताको पक्षका मुद्दा र एजेन्डा उठाउनका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्ने जिकिर गरे ।

उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसले निष्पक्षतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : २० बजे

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६