सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने « Khabarhub

सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा एक साताभित्र तयार हुनेछ ।

समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम हिनाप्रकरणका आरोपित व्यक्तिमध्ये ५० जनासँग सोधपुछ गरिएको छ । यही भदौ २३ गते समितिलाई दिइएको समय सकिँदै छ ।

यस्तै बुधबारकाे  बैठकमा सहारा सहकारी चितवन, सानो पाइला बीरगंज, सूर्य दर्शन पोखरा, सुप्रिम बुटवल र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंका पीडितहरूले  केही तथ्यहरुको विषयमा जानकारी दिएको सभापति थापाले जानकारी दिए ।

याे पनि…

सहकारी ठगी  : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : १५ बजे

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६