मलेशियाका प्रधानमन्त्री भारतमा « Khabarhub

मलेशियाका प्रधानमन्त्री भारतमा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द्विपक्षीय सम्बन्धलाई बृहत् रणनीतिक स्तरमा विस्तार गर्न भारत र मलेशिया सहमत भएका छन् । मलेशियाको प्रधानमन्त्री अनवर इब्राहिमको भारत भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री इब्राहिमको भ्रमणका क्रममा दुई मुलुकबीच शिक्षा, श्रम र पर्यटनजस्ता क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा पनि सहमति भएको छ ।

भारतीय समाचार संस्था एएनआईकाअनुसार भारत भ्रमणका क्रममा प्रधानमन्त्री इब्राहिमले भारतीयसमकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा दुई देशका प्रधानमन्त्रीबीच रक्षा, राजनीतिक र सुरक्षा सहकार्यबारे छलफल भएको थियो ।त्यसबाहेक आर्थिक एवम् व्यापार, डिजिटल प्रविधि, ऊर्जा, स्वास्थ्यसेवा, सँस्कृति र जनस्तरको सम्बन्ध थप मजबुतबनाउने विषयमा पनि दुई नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ४२ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको