भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु « Khabarhub

भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको पहिरोले पुरिँदा सूर्यविनायक नगरपालिका–९ पलासेमा बस्दै आएका कालिकोटका एक गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको हो । 

पलासेमा जग्गा भाडामा लिई टहरो बनाएर बस्दै आएका तीन जनाको पहिरोमा परी मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २४ वर्षीया गर्भवती दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो । 

पहिरो गएको स्थानमा पुगेर सशस्त्र प्रहरी बलको नम्बर २२ गणमातहतको भक्तपुरस्थित सुरक्षा बेश ब्यासीका सशस्त्र प्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमान्डमा गएको टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १८ बजे

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा