भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको पहिरोले पुरिँदा सूर्यविनायक नगरपालिका–९ पलासेमा बस्दै आएका कालिकोटका एक गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको हो । 

पलासेमा जग्गा भाडामा लिई टहरो बनाएर बस्दै आएका तीन जनाको पहिरोमा परी मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २४ वर्षीया गर्भवती दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो । 

पहिरो गएको स्थानमा पुगेर सशस्त्र प्रहरी बलको नम्बर २२ गणमातहतको भक्तपुरस्थित सुरक्षा बेश ब्यासीका सशस्त्र प्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमान्डमा गएको टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस