श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा « Khabarhub

श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा

खराब मौसमका कारण हेलिकोप्टर आउन ढिलाई


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अविरल बर्षासंगै कोशीमा बढेको पानीको वहावका कारण बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित तिलिया टापुमा २२ जना गोठालाहरू उद्धारको पर्खाईमा छन् ।

कोशी टप्पु अन्तर्गत श्रीलंका टप्पुमा पर्ने तिलिया टापुमा उनीहरु थुनिएपछि झरी बर्षाका बीच कोसीमा पानीको सतह बढेकाले उद्धारको पर्खाइमा २४ घण्टा बितेको हो ।  

अविरल वर्षासँगै आएको वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले बराहक्षेत्र ६ स्थित ठाकुरबारी टिक्रीमा थुनिएका २२ जना २४ घण्टाभन्दा बढीदेखि कुरिरहेका छन् । 

बर्षा र पानीको वहावकाकारण थुनिएकाको उद्धारको निम्ति नेपाली सेना र प्रहरीका साथ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितको टोली उक्त स्थानमा पुगेपनि उद्धार गर्न सकिने अवस्था नभएको घट्ना स्थलबाट मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार रवि खनालले खवरहवलाई बताए । 

उनले भने, ‘हिजोदेखि त्यहाँ चौपाया चराउन गोठाला गएका रहेछन् । फर्किने बेलामा झरी पानी र कोशीमा पानीको सतह बढेकाले आउन नसकेका रहेछ । उनीहरुको उद्धारकालागि मुख्यमन्त्री कार्की ज्युले तत्कालै घट्ना स्थलबाटै गृहमन्त्रीलाँई फोन गरी हेलिकप्टर मगाउनु भएको छ । तर खराव मौसम कारण ढिलाई भइरहेको छ ।’

यसैबीच मुख्यमन्त्री कार्कीसहितको टोलीले कोशी ब्यारेजको निरीक्षणपछि पानीको वहाव अत्यधिक बढेकोअपरान्ह ३ बजेसम्ममा ५ लाख ३१ हजार ७ सय ५० क्युसेक प्रतिसेकेण्ड पुगेकाले जोखिमको आकलन गर्दै सुनसरी र सप्तरीका जिल्ला सुरक्षा समितिलाई एम्बुलेन्स जस्ता अत्यावश्यक  सेवा बाहेकका यातायात नचालउने व्यवस्था मिलाउन निर्देशन दिएको पनि खनालले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ४९ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित