कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द « Khabarhub

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेबाट लागू हुने गरी ब्यारेजको पुलमा आवत–जावत बन्द गरेको हो । 

विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक बढेर खतराको संकेतसमेत पार गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट मानिससमेत जान नपाउने गरी आवतजावत बन्द गरेको हो । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले सुरक्षाका कारण ब्यारेजमा रहेको पुलबाट आवत–जावत बन्द गरेका कारण अत्यावश्यक काम परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ५४ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ