कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द « Khabarhub

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेबाट लागू हुने गरी ब्यारेजको पुलमा आवत–जावत बन्द गरेको हो । 

विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक बढेर खतराको संकेतसमेत पार गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट मानिससमेत जान नपाउने गरी आवतजावत बन्द गरेको हो । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले सुरक्षाका कारण ब्यारेजमा रहेको पुलबाट आवत–जावत बन्द गरेका कारण अत्यावश्यक काम परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ५४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका