गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी « Khabarhub

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि आएको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका छन् । 

उनले शनिबार दिउँसो लेखकलाई फोन गरेर भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

पौडेलले उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले विपद्को क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिलसमेत गरेका छन् । 

उनले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी–पहिरोभू–क्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०४ बजे

कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन 

काठमाडौं– पेशागत निरन्तरता र स्थायित्व सहित समानताको हक सुनिश्चितताको माग

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी