समाचार

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी

By खबरहब

September 28, 2024

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि आएको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका छन् । 

उनले शनिबार दिउँसो लेखकलाई फोन गरेर भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

पौडेलले उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले विपद्को क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिलसमेत गरेका छन् । 

उनले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी–पहिरो र भू–क्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।