युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता « Khabarhub

युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे प्रश्न उठाउने क्रममा राष्ट्रपतिय उम्मेदवार एवं पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार उच्चस्तरीय वार्ता गरेका छन् । 

रिपब्लिकनले बारम्बार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको रक्षा गर्दै आएका घटनाको समिक्षा गर्दै विदेश नीतिका विज्ञहरुले ट्रम्पको दोस्रो कार्यकाल युक्रेनको रक्षाका लागि विनाशकारी हुने डर व्यक्त गरेका छन् । 

जेलेन्स्कीले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग बिहीबार वासिङ्टनमा भेट गर्नुभएको थियो र दुबैले हाल संकटग्रस्त युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

ट्रम्पले यस हप्ता जेलेन्स्कीलाई द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको आरोप लगाएका थिए। उनले दोस्रो कार्यकाल जितेमा शान्ति ल्याउने वाचा गरेका छन् । 

एक घण्टाभन्दा कम समय चलेको बैठकअघि पूर्व अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँगको आफ्नो गठबन्धनको प्रशंसा गरे साथै राष्ट्रपति पुटिनसँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको बताए। 

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति जेलेन्स्कीले बैठक ‘धेरै उत्पादक’ भएको बताए ।

‘मैले उहाँलाई हाम्रो विजय योजना प्रस्तुत गरें, र हामीले युक्रेनको अवस्था र हाम्रा जनताका लागि युद्धको नतिजाबारे राम्ररी समीक्षा गर्यौं’, जेलेन्स्कीले बताए,’धेरै विवरणहरू छलफल गरियो। यो बैठकका लागि म आभारी छु। न्यायपूर्ण शान्ति आवश्यक छ ।’

जेलेन्स्की यस हप्ता संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा आएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : १४ बजे

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

नेपालगन्ज– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न

सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र 

काठमाडौं– गृहमन्त्रीमा सुधन गुरुङ फर्किने पक्का भएको छ । यस्तै