युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता | Khabarhub Khabarhub

युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे प्रश्न उठाउने क्रममा राष्ट्रपतिय उम्मेदवार एवं पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार उच्चस्तरीय वार्ता गरेका छन् । 

रिपब्लिकनले बारम्बार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको रक्षा गर्दै आएका घटनाको समिक्षा गर्दै विदेश नीतिका विज्ञहरुले ट्रम्पको दोस्रो कार्यकाल युक्रेनको रक्षाका लागि विनाशकारी हुने डर व्यक्त गरेका छन् । 

जेलेन्स्कीले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग बिहीबार वासिङ्टनमा भेट गर्नुभएको थियो र दुबैले हाल संकटग्रस्त युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

ट्रम्पले यस हप्ता जेलेन्स्कीलाई द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको आरोप लगाएका थिए। उनले दोस्रो कार्यकाल जितेमा शान्ति ल्याउने वाचा गरेका छन् । 

एक घण्टाभन्दा कम समय चलेको बैठकअघि पूर्व अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँगको आफ्नो गठबन्धनको प्रशंसा गरे साथै राष्ट्रपति पुटिनसँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको बताए। 

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति जेलेन्स्कीले बैठक ‘धेरै उत्पादक’ भएको बताए ।

‘मैले उहाँलाई हाम्रो विजय योजना प्रस्तुत गरें, र हामीले युक्रेनको अवस्था र हाम्रा जनताका लागि युद्धको नतिजाबारे राम्ररी समीक्षा गर्यौं’, जेलेन्स्कीले बताए,’धेरै विवरणहरू छलफल गरियो। यो बैठकका लागि म आभारी छु। न्यायपूर्ण शान्ति आवश्यक छ ।’

जेलेन्स्की यस हप्ता संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा आएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : १४ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक