इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी « Khabarhub

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि त्यहाँ मदिरा आपूर्तिमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आपूर्ति शृङ्खला प्रभावित हुँदा रियादस्थित मदिरा बिक्री गर्ने सरकारी पसलमा स्टक घट्दै गएको छ।

बीबीसी फारसीको रिपोर्टअनुसार रियादको डिप्लोम्याटिक क्वार्टर क्षेत्रमा रहेको एकमात्र सरकारी मदिरा पसलमा पछिल्ला दिनहरूमा अधिकांश र्‍याकहरू खाली देखिन थालेका छन्। ग्राहकहरूले महँगो र कम लोकप्रिय ब्रान्ड मात्र उपलब्ध रहेको बताएका छन्।

यो पसल सन् २०२४ मा खोलिएको हो। यसको उद्देश्य गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई सेवा उपलब्ध गराउनु हो। पछिल्लो समयमा भने यसले धनी गैर–मुस्लिम विदेशीहरूलाई पनि सेवा दिन थालेको बताइएको छ।

साउदी अरबमा सन् १९५२ देखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ। तर विदेशी कामदार तथा कूटनीतिज्ञहरूलाई ध्यानमा राख्दै सीमित लाइसेन्ससहित सरकारी पसल सञ्चालनमा ल्याइएको हो।

हाल इरानसँगको तनावका कारण आपूर्ति ढिलो हुने, ढुवानी प्रभावित हुने र बजारमा उपलब्धता घट्ने समस्या देखिएको बताइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : ०४ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली