बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो « Khabarhub

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियान तीव्र गतिमा अघि बढाइएको छ। सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनेका अवैध संरचना हटाउने कार्य विभिन्न स्थानमा निरन्तर भइरहेको छ।

शनिबार काठमाडौँको बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ। यसअघि शुक्रबार बल्खु क्षेत्रसहितका स्थानमा रहेका अतिक्रमित संरचना हटाइएको थियो।

त्यस्तै, स्वयम्भू, बालाजु–गोंगबु बसपार्क, देवीनगर लगायतका क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ प्रशासनले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको छ।

अभियानका क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। साथै, वास्तविक भूमिहीन तथा सुकुम्वासीको पहिचानका लागि सम्बन्धित निकायले रेकर्ड संकलनको काम पनि अघि बढाइरहेको जनाइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : ४० बजे

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ