अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन « Khabarhub

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन् ।

शनिबार मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन् । मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने,आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने,हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने,वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणहरूलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राखे। साथै र्याफ्टिङ सम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

यसका साथै सबै विमानस्थलहरू सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सुचारु गर्ने, मौसम तथा उडान सम्बन्धी पूर्व सूचनालाई सर्वसाधारणको जानकारीको लागि निरन्तर प्रवाह गरी राखे,होटेल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटेल एवं डाइनिङ सेवा सहुलियत एवं नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक