अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो | Khabarhub Khabarhub

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले पुरेका दुईवटा गाडीबाट १४ जना यात्रुको शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले एउटा विङ्गर र अर्को बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ ।

अझै पनि त्यहाँ खोजीकार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए । तर उद्धारमा ढिलाइ गरिएको थियो ।

१२ जना यात्रु सवार रहेको भनिएको पहिरोले पुरिएको विङ्गर र नम्बर नखुलेको बसबाट शनिबार साँझसम्म शव निकाल्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

झ्याप्ले खोलामा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर र अर्को बस पुरिएको थियो । विङ्गरका चालक रमेश लुइँटेल थिए ।

झ्याप्ले खोलामा पुरिएको विङ्गर र बससँगै पुरिएका यात्रुको शव निकाल्ने कामसँगै सुरुङ्गमार्ग आसपासका क्षेत्रका अरु पहिरो पनि धमाधम हटाइँदैछ । शनिबार राति नै काठमाडौं छिर्ने मुख्य नाका एकतर्फी खुल्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०८ बजे

कांग्रेसको सय दिने अभियान स्थगित, दसैंमा चियापान पनि नगर्ने

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन

झ्याप्ले खोलाको पहिरोमा गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान

काठमाडौं- शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी

रास्वपा केन्द्रीय समिति बैठक जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको

झ्याप्ले खोला पहिरोमा पुरिएका तीनवटा गाडी भेटिए, २९ यात्रुको शव निकालियो

धादिङ- पृथ्वी राजमार्गाअन्तर्गत नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक

कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ