इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव « Khabarhub

इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबीच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन् ।

आइतबार गरिएको प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र युद्धविरामका लागि थप वार्ता गरिने सिसीले कायरोमा आयोजित पत्रकार सम्मेलनमा बताए। 

उनले यो योजना औपचारिक रुपमा इजरायल वा हमाससमक्ष प्रस्तुत गरिएको हो वा होइन भन्नेबारे भने केही बताएका छैनन् । 

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध युद्ध लडिरहेको र आफ्नो प्रमुख शत्रु इरानमाथि हवाई आक्रमण सुरु गरेको अवस्था र प्यालेस्टिनी भूभागमा कब्जा जमाइरहेको बेला सिसीको यो भनाइ सार्वजनिक भएको हो । 

इरानी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको दोस्रो पटक इजरायलले बदला लिएको शनिबारको आक्रमणले संयमित हुन विश्वव्यापी आह्वान गरेको छ । इरानको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सोमबार बस्ने छ र तेहरानले चार सैनिकको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गर्न आग्रह गरेको छ ।

इरानी नेताहरूले आक्रमणले सीमित क्षति मात्र पुर्यायको भन्दै स्वदेश (इरान) मा युद्धमा आफ्नो उपस्थितिलाई कम महत्व दिएका छन् ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मन्त्रीमण्डललाई इरान युद्ध नचाहेको तर उपयुक्त जवाफ दिने बताएका छन् । तेहरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार तेहरानले आक्रमण हुनुभन्दा केही घण्टाअघि नै ‘सङ्केत’ प्राप्त गरेको थियो । यसअघि, अमेरिकी समाचार साइट एक्जिओसले इजरायलले ‘व्यापक तनाव बढ्न नदिन’ चेतावनी दिएको जनाएको थियो ।

इजरायलको आक्रमणमा इरानको ऊर्जा पूर्वाधारमा नलागेपछि व्यापारीहरूले राहत महसुस गरेका छन् भने तेलको मूल्य सोमबार पाँच प्रतिशतसम्म घटेको छ।

इजरायलले तेहरानसमर्थित लडाकु नेता र एक इरानी कमाण्डरको हत्या गरेको बदलामा इरानद्वारा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियान ‘सटीक र शक्तिशाली रहेको र यसले आफ्ना सबै उद्देश्य हासिल गरेको’ बताएका छन् । 

नेतन्याहूले अक्टोबर ७ मा हमासको आक्रमणको स्मरणार्थ जेरुसेलममा आयोजित स्मृति सभामा बोल्दै गर्दा मृतकका आफन्तको चिच्याहटपछि उनले सम्बोधनलाई केही समय रोक्नुपरेको थियो । 

इजरायली प्रधानमन्त्रीमाथि गाजामा रहेका बन्दीहरुको रिहाईका लागि पहल गर्न स्वदेश तथा विदेशबाट व्यापक दबाब परेको छ तर उनले आफ्नो हमासविरोधी अभियान तत्काल नरोकिने बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : ४६ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई