नेपाल आएको भारतीय जहाजमा फेरि बमको हल्ला, उड्न लाग्दा रोकेर सर्च गरिँदै | Khabarhub Khabarhub

नेपाल आएको भारतीय जहाजमा फेरि बमको हल्ला, उड्न लाग्दा रोकेर सर्च गरिँदै


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्पनीको एउटा जहाजमा फेरि बम भएको खबरले त्रिभुवन विमानस्थल तनावग्रस्त भएको छ ।

काठमाडौंबाट दिल्ली उड्न लागेको भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना दिए अहिले सर्च अभियान चलाइएको छ । सुरक्षाकर्मीले जहाजमा चढिसकेका यात्रुलाई झारेर चेकजाँच गरिरहेका छन् ।

एआई २१६ उडान नम्बरको यो जहाजबाट दिल्ली जाने ५५ नेपालीसहित १५८ यात्रु थिए । बम भएको सूचनापछि सुरक्षाकर्मीले यात्रुलाई अलग्गै राखेर जाँच गर्दैछन् ।

बमको हल्लाले उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको अर्को जहाजलाई पार्किङबाट हटाइएको छ ।

यो जहाज सोमबार दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । अहिले नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेका छन् ।

जहाजमा बम रहेको सूचनासहितको विवरण दिल्लीस्थित एयर इन्डियाकै कार्यालयबाट आएको हो । यसअघि पनि भारतीय जहाजमा बम रहेको खबरले नेपालमासमेत उडान प्रभावित भएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’