बाराका क्याम्पस प्रमुखको हत्या : सात महिनापछि समातिए मुख्य अभियुक्त « Khabarhub

बाराका क्याम्पस प्रमुखको हत्या : सात महिनापछि समातिए मुख्य अभियुक्त


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

गत ३२ जेठमा भएको यो हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेर सार्वजनिक गरेको हो ।

हत्यामा संलग्नरही फरार भएका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिकाको खजुरिया बस्ने सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बुधबार मोरङमा लुकेको अवस्थामा समातेको थियो ।

कुशवाहाले जग्गासम्बन्धी विवादमा क्याम्पस प्रमुखको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटना

गत जेठ ३२ गते साँझ क्याम्पसबाट फर्किँदै गरेका हरिभूषणमाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरामा गोली हानिएको थियो ।

मोटरसाइकलमा सवार दुई युवामध्ये एकले उनलाई गोली प्रहार गरेर भागेका थिए । गोली लागेर घाइते कुशवाहाको उपचारका क्रममा त्यही दिन ज्यान गएको थियो ।

गोली लागेपछि हरिभूषणले तत्कालै गाउँकै सुरेन्द्र कुशवाहाले व्यक्तिगत रिसइबीका कारण गोली हानेको बताएका थिए ।

उनले भनेको त्यही कुराका कारण प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार हरिभूषणको हत्यालगत्तै प्रहरीले सुरेन्द्रलाई फरार सूचीमा राखेर खोजी थालेको थियो ।

प्रहरीले फरार सुरेन्द्रलाई नेपाल र भारतका विभिन्न सहरमा लामो समयदेखि निगरान गरेको थियो । अन्तत: उनी मोरङमा लुकेको सूचना आएपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नेतृत्वको टोली पुगेर समातेको हो ।

प्रहरीले उक्त प्रकरणमा संलग्न आठ जनालाई पक्राउ गरिसकेको छ । उनीहरू सबै जना अहिले जेलमा छन् ।

जेल जानेहरूमा चाँदसी प्रसाद कुशवाहा, चन्द्रमणि प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवणकुमार साह, ब्रम्हदेव राम, मोतिलाल चौधरी र हरिन्दर महरा चमार छन् ।

किन लिइयो ज्यान ?

जमीनदारसमेत रहेका हरिभूषण बाराको कलैया नगरपालिका र आदर्श कोतवाल गाउँपालिका–२ खजुरिया दुवै स्थानका बासिन्दा हुन् ।

क्याम्प प्रमुख भए पनि उनी जग्गा कारोबारी पनि थिए । जग्गा विवादकै कारण उनलाई हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । सुरेन्द्र र हरिभूषणबीच जग्गा विवादसँगै राजनीतिक तनाव पनि थियो ।

सुरेन्द्रले गाउँकै एकजनालाई ऋण दिँदा जग्गा धितो राखेका थिए । तर ऋण फिर्ता हुन सकेन । सुरेन्द्रले धितो राखेको जग्गा पनि फिर्ता गरेनन् । डीएसपी सापकोटाका अनुसार सुरेन्द्रले ओगटेको जग्गा फिर्ताका लागि पीडितले क्याम्पस प्रमुख हरिभूषणसँग सहयोग मागेका थिए ।

हरिभूषणले पीडितको जग्गा फिर्ता गरिदिन सुरेन्द्रलाई दबाब दिएका थिए । यही कारणले विवाद चर्किएपछि हरिभूषणको हत्या भएको डीएसपी सापकोटाले बताए ।

राजनीतिक कारण पनि उनीहरूको सम्बन्धमा तलमाथि भयो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सुरेन्द्रलाई हरिभूषणले नै आदर्श कोतवाल गाउँपालिका–२ का वडाध्यक्षमा उठाएका थिए ।

सुरेन्द्रले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट चुनाव लडेर पराजित भए । हरिभूषणले पूरा सहयोग गरे पनि सुरेन्द्रलाई एमाले उम्मेदवारले हराइदिए ।

२०७९ को निर्वाचनमा उक्त वडाको अध्यक्षमा कांग्रेस उम्मेदवार मनोजकुमार मेहता विजयी भए । उनलाई जिताउन हरिभूषणको योगदान थियो । आफूले जित्न नसकेको त्यही ठाउँमा हरिभूषणकै साथ लिएर कांग्रेस उम्मेदवारले जितेपछि सुरेन्द्र बिच्किएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ३ : ५१ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको