नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी « Khabarhub

नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो । आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ । 

बिहीबार विकास बैंक समूह १.०५ प्रतिशतले बढेर ५ हजार ८६१.१२ विन्दुमा पुगेको छ । त्यस्तै, जीवन बीमा ०.४७ प्रतिशतले बढेर १३ हजार ५६७.८८ विन्दुमा र ट्रेडिङ समूह ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी हाइड्रोपावर समूह १.५८ प्रतिशतले घटेर ३ हजार ५७९.०३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेर २१.८६ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.८७ प्रतिशतले, फाइनान्स ०.९७ प्रतिशतले, होटल तथा पर्यटन १.५८ प्रतिशतले, लगानी ०.८७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशतले, लघुवित्त ०.६२ प्रतिशतले, निर्जीवन बीमा ०.५४ प्रतिशतले र अन्य समूह १.४१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : १२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा