बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध « Khabarhub

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।

बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार र भण्डारणमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तोकिएका चार किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको बिहीबार जनाएका छन् ।

‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, आचार्यले भनेका छन् ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण बागमती लगायत पशुपति क्षेत्रको सबै भू-भागमा मासु र मदिराजन्य पदार्थ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ३४ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत