बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर) « Khabarhub

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पछिल्लो समय भीड लाग्न थालेको छ। जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको हो। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ। डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता हिमश्रृङ्खला देख्न सकिन्छ।

दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

काठमाडौंदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ सदरमुकाम दमौलीदेखि १० किलोमिटर बाटोमा कतै पिच कतै कच्ची बाटो छिचोल्नुपर्छ।


गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रुले भने दमौलीदेखि करिब एक घण्टा हिँड्नुपर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल संचालक बताउँछन्।

खानेपानीको अभावमा वि.सं. २०५२ साल तिर स्थानीयवासीले त्यो ठाउँ छाडेका थिए। अहिलेसमेत खाने पानीको अभाव उस्तै छ। तर ट्याङ्करको पानीले मानुङकोटमा पानीको विकल्प दिइरहेको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। पर्यटकीय क्षेत्र भएकाले पछिल्लो समय बस्न र खानको लागि होटेल र खाजा घर प्रशस्त छन्। तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ०१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको