गगन थापाको प्रश्नः जेन-जी आन्दोलन हामीविरुद्ध पनि थियो, कांग्रेसले समीक्षा गर्नु पर्दैन? « Khabarhub

गगन थापाको प्रश्नः जेन-जी आन्दोलन हामीविरुद्ध पनि थियो, कांग्रेसले समीक्षा गर्नु पर्दैन?


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल माग गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अधिवेशन कहिले गर्ने, नेतृत्व फेर्ने मात्रै नभई देशप्रतिको चिन्ताको विषय जोडेर अधिवेशनको विषय प्रवेश गराएको बताएका हुन्।

‘अधिवेशनको विषय देशप्रतिको चिन्ताको विषय जोडेर हामीले प्रवेश गराएका हौँ। भदौ २३ र २४ गते जेनजीमात्रै होइन सबै उमेर समूहका मानिसहरुले भ््रष्टाचार, नातावाद, कृपावादविरुद्ध व्यापकरुपमा असन्तुष्टि जाहेर गरेको होइन? असन्तुष्टि मात्रै होइन त्यसको कारण तिमी पनि हौ। नेपाली कांग्रेस पनि हो भनेर हामीमाथि नै प्रश्न उठाएको होइन?’ उनले पार्टीको महाधिवेशन तत्काल गर्न नहुने भन्ने पक्ष्का नेताहरुलाई सोधे।

देशमा पहिलोपटक कांग्रेसका नेतृत्वमा मात्रै नभई कांग्रेसकै विरुद्ध पनि आन्दोलन भएको प्रति चिन्ता व्यक्त गरे। ‘पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन नभएको मात्रै होइन, हामीविरुद्ध भयो। के हामी यो कुरा बिर्सेर अघि बढ्न सक्छौँ? हामी सत्ता पक्ष थियौँ। पहिलो पार्टी थियौँ। आज हामी न पहिलो पार्टी न सत्तापक्ष छौँ। सडकमा आइपुगेका छौँ। अब पनि हामी समीक्षा नगर्ने?,’ उनले भने, ‘यसको आधारमा हामी यो यो ठाउँमा चुक्यौँ, अब चुक्दैनौँ भन्नुपर्दैन। अनि हामी अधिवेशन नगरी यसरी जान सक्छौँ।’

थापाले पार्टीको अधिवेशनको बहसमा पार्टीका सबै नेता कार्यकर्तालाई सक्रिय सहभागिताका लागि पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ०२ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु