बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर « Khabarhub

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा जाँदै गरेको ट्याक्टर पारमुल नजिकै अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो।

दुर्घटनामा स्थानीय ४५ वर्षीय कौमले खाती र ३८ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक कैलालीका खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लग्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै बगडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको प्रहरीले जनाएको छ। ट्याक्टरको दर्ता नम्बर भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ४२ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका