बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर) « Khabarhub

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पछिल्लो समय भीड लाग्न थालेको छ। जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको हो। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ। डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता हिमश्रृङ्खला देख्न सकिन्छ।

दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

काठमाडौंदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ सदरमुकाम दमौलीदेखि १० किलोमिटर बाटोमा कतै पिच कतै कच्ची बाटो छिचोल्नुपर्छ।


गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रुले भने दमौलीदेखि करिब एक घण्टा हिँड्नुपर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल संचालक बताउँछन्।

खानेपानीको अभावमा वि.सं. २०५२ साल तिर स्थानीयवासीले त्यो ठाउँ छाडेका थिए। अहिलेसमेत खाने पानीको अभाव उस्तै छ। तर ट्याङ्करको पानीले मानुङकोटमा पानीको विकल्प दिइरहेको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। पर्यटकीय क्षेत्र भएकाले पछिल्लो समय बस्न र खानको लागि होटेल र खाजा घर प्रशस्त छन्। तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ०१ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले