सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन « Khabarhub

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले वस्तीको निधन भएको पुष्टि गरेका छन्। प्रवक्ता कुइँकेलका अनुसार अस्पताल लगे लगत्तै चिकित्सकले वस्तीको निधन भएको जानकारी गराएका थिए।

वस्ती २०६५ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। उनी २०७० सालमा सर्वोच्चबाट अवकास भएका हुन्।

सर्वोच्च अदालतबाट अवकाश पाएपछि उनले लामो समय राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेर काम गरेका थिए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि