हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु « Khabarhub

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको छानबिन सुरु गरेको छ ।

सन २००९ फेब्रुअरी २५–२६ मा ढाकाको बीडीआर (बंगलादेश राइफल्स) मुख्यालय पिलखानामा अर्धसैनिक विद्रोहमा ७४ जना मारिएको घटनामा यो अनुसन्धान सुरु भएको हो । जसबेला शेख हसिनाले सरकारको नेतृत्व गरिरहेकी थिइन् ।

उक्त घटनामा डिसेम्बर १९ मा ढाकास्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको मुख्य अभियोजकको कार्यालयमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन सेना प्रमुख जनरल मोइन उन अहमदसहित ५८ जनालाई अभियोग लगाइएको छ । अब यस विषयमा अनुसन्धान सुरु भएको छ । सो घटनामा तत्कालीन प्रधानमन्त्री शेख हसिना र उनका मन्त्रीमण्डलका सदस्य संलग्न रहेको दाबी गरिएको छ ।

युनुस सरकारले उजुरीको छानबिन गर्न बीडीआरका पूर्व महानिर्देशक मेजर जनरल (रिटायर्ड) एएलएम फजलुर रहमानको नेतृत्वमा सात सदस्यीय आयोग गठन गरेको हो । आयोगले  ‘स्वतन्त्र जिम्मेवारी’का साथ काम गर्ने बंगलादेशका मिडियाले जनाएका छन् ।

हसिना सत्तामा आएको एक महिना भित्र ढाकाको पिलखाना ब्यारेकमा बीडीआर सेना अर्थात देशका सीमा रक्षकहरूले विद्रोह गरेका थिए। पछि विद्रोह धेरै अन्य बीडिआर शिविरहरूमा फैलिएको थियो। बीडीआरका विद्रोही सैनिकले पिलखानामा ७४ जनाको हत्या गरेका थिए, जसमा तत्कालीन बीडीआर प्रमुख मेजर जनरल शकील अहमद सहित ५७ जना सेना अधिकारी रहेका छन् ।

त्यस दिन विद्रोही बीडीआर सिपाहीहरूले अफिसरहरूको मेसमा तोडफोडसमेत गरेका थिए ।  धेरै अफिसरका श्रीमती र परिवार पनि सो घटना मारिन पुगेका थिए ।  उक्त हत्याका कारण तत्कालीन हसिना सरकारले बीडीआरको नाम परिवर्तन गरी बीजीबी (बोर्डर गार्ड बंगलादेश) राखेको थियो, जसमा १५२ जनालाई मृत्युदण्ड दिइएको थियो।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ५५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको