पाँच महिनामा बागमतीको करिब १२ प्रतिशत मात्र बजेट खर्च « Khabarhub

पाँच महिनामा बागमतीको करिब १२ प्रतिशत मात्र बजेट खर्च


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागमती– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१-८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१-८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ०८ बजे

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट