त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह « Khabarhub

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ ।

उक्त आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित भएका छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता रहेको छ ।

यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।

दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव र समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भएका छन्।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  २ : ५९ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत