प्रधानमन्त्री ओलीले विद्यार्थीलाई भने – ज्ञान सदुपयोग गर्नुस्‌ | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई भने – ज्ञान सदुपयोग गर्नुस्‌


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालयबाट प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैसँग भएको विद्या व्यवहारमा उतार्न नसकिए विद्यालयको काम नलाग्ने भन्दै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न विद्यार्थीहरूलाई सुझाव दिएका हुन् ।

उनले ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारीपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्ने भन्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा राखे ।

सो अवसरमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका थिए । त्रिभुवन विश्वविद्यालयका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : ०५ बजे

दक्षिण एसियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ देखि, कलाकारहरू काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण