देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा « Khabarhub

देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।

पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा रु ११ लाख बजेट विनियोजन गरेको छ ।

पहिलो चरणमा केही परिवारको स्वास्थ्य बिमा गरिएपछि अध्यक्ष थापाले सम्बन्धित परिवारलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गरेका छन् । उनले भने, “यो कार्यक्रमबाट करिब तीन सय १५ परिवार लाभान्वित हुनेछन् । स्वास्थ्य बिमाका लागि आवश्यक रकम गाउँपालिकाले तिरिदिनेछ ।”

अध्यक्ष थापाका अनुसार ती समुदायका नागरिकका साथै आर्थिक अवस्था कमजोर भएका अन्य स्थानीयको पनि निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पालिकाले लिएको छ । आर्थिक अभावमा पछाडि पारिएका समुदाय न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर चालु आवदेखि स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएका उनले बताए ।

अध्यक्ष थापाले सीमान्तकृत र लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीलगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : ५१ बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर