उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट « Khabarhub

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ ।

आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ’, उनले भने ।

आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : २९ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल