‘राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’ « Khabarhub

‘राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले राजनीतिक प्रक्रियाबाट न्यायाधीश नियुक्त भएका व्यक्तिले पनि स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

विराटनगरमा भएको कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै न्यायाधीश मल्लले राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी हुन् ।

न्यायालयमाथि पटक पटक प्रश्न उठ्ने गरेको स्मरण गर्दै नियुक्ति राजनीतिक नै हुने भए पनि आफ्नो अब्बलता र दक्षता कामबाट देखाउनु पर्ने उनको भनाइ थियो ।

मल्लले भनिन, ‘विदेशमा पनि राजनीतिक प्रक्रियाबाट भएका नियुक्ति र निर्वाचन जितेर आएका न्यायाधीशहरुले पनि निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेका छन्। न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गरे नगरेको अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेका छन् त्यसैले न्यायाधीशहरुले  आफ्नो गरिमा जोगाई राख्न पर्छ ।

फरक प्रसंगमा उनले ५० प्रतिशत मुद्दालाई मेलमिलापमा पठाउने लक्ष्य रहेकाले प्रभावकारी रुपमा मेलमिलाप समितिका अधिकारीहरूलाई काम गर्न आग्रह पनि गरिन् ।

समावेशिता र समानता भनिए पनि अधिवक्ता २० प्रतिशत, वरिष्ठ अधिवक्ता ४‍.५९ प्रतिशत, सरकारी विकल २६ दशमलव ५६ प्रतिशत, कानुनको क्षेत्रमा ३६ प्रतिशत, न्याय सेवामा २८ प्रतिशत महिलाको उपस्थिति रहेको बताइन् ।

उच्च अदालतमा १५ प्रतिशत, जिल्ला अदालतमा ९ प्रतिशत र सर्वोच्च अदालतमा ११ दशमलव ७ प्रतिशत महिला पुगेको भन्दै संविधानको परिकल्पना अनुसार अझै महिलाको उपस्थिति बढ्न नसकेको उनको भनाई छ ।

महिलाहरूलाई कानुन क्षेत्रमा टिकाइ रहन सर्वोच्च अदालतले विभिन्न रणनीतिक योजना बनाएर अगाडि बढेको बताउँदै उनले अहिलेको समय प्रविधिको भएकाले अदालतको काममा डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

आजसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरका एक हजारभन्दा बढी कानून व्यवसायी महिलाहरूको सहभागिता छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक