निर्वाचन परिणाम घोषणा गर्न क्रान्तिकारी विद्यार्थीको माग « Khabarhub

उमेर हद विवाद

निर्वाचन परिणाम घोषणा गर्न क्रान्तिकारी विद्यार्थीको माग

प्रक्रिया पुगेको कागजात आउन बाँकी छ : निर्वाचन समिति


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हदका विषयमा भएको निर्वाचनको परिणाम घोषणा गर्न माग गरेको छ ।

क्रान्तिकारीका उपाध्यक्ष मदन भट्टराईले शनिबार राति नै मतगणना सकिए पनि अहिलेसम्म परिणाम सार्वजनिक नहुँदा देशभरका विद्यार्थीमा नैरास्यता छाएको भन्दै निर्वाचन समितिलाई चाँडोभन्दा चाँडो प्रक्रिया पुर्‍याएर मत परिणाम घोषणा गर्न आग्रह गरेका छन्।

उमेर हद लगाउने या नलगाउने विषयमा शनिबार देशभर निर्वाचन भएको थियो । भट्टराईले खबरहबलाई भने, ‘देशभरका विद्यार्थीहरू निर्वाचनको मत परिणाम सुन्न उत्साहित हुनुहुन्छ तर आयोगले ढिलासुस्ती गरिरहेको छ, कारण के हो हामीलाई चाहियो ।’

यता, निर्वाचन प्रमुख मुक्तिनारायण प्रधानका अनुसार देशभर एकैसाथ भएको निर्वाचनको मत परिणाम आउन ढिला भएका कारण निर्वाचनको मत परिणाम सार्वजनिक गर्न आयोगलाई अप्ठ्यारो परिरहेको छ।

प्रक्रिया पुर्‍याएका केही जिल्लाका कागजातहरू आइनसकेकाले परिणाम घोषणा गर्न नसकिएको उनको भनाइ छ ।

‘हामीलाई पनि निर्वाचनको मत परिणाम घोषणा गर्न हतारो नै परिरहेको छ तर देशभरबाट आउनुपर्ने परिणामको आधिकारिक कागजात नआएका कारण हामीले परिणाम घोषणा गर्न सकिरहेका छैनौँ । निर्वाचन प्रमुख प्रधानले खबरहबलाई भने, ‘निर्वाचन सुरुवात गर्दाको कागजात र निर्वाचन सम्पन्न भइसकेको कागजातको हामी पर्खाइमा छौँ। केही जिल्लाको कागजातहरू नआएकाले आउने बित्तिकै हामी मत परिणाम घोषणा गरिहाल्छौँ।’

क्रान्तिकारीको निर्वाचनमा बैतडी, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम र मधेसका केही जिल्लामा विवाद भने भएको थियो। देशभरबाट २ हजार ३ सय २३ प्रतिनिधिले निर्वाचनमा भाग लिने भए पनि २ हजार ४०० भन्दा बढी विद्यार्थीले मतदान गरेको भन्दै केही विद्यार्थीहरूले असन्तुष्ट समेत जनाइरहेका छन्।

गत फागुनको दोस्रो साता हुने भनिएको क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लागू गर्ने या नगर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो।

क्रान्तिकारी विद्यार्थी संगठनका नेता रोशन थापा अहिलेको मत परिणाम उमेर हद लगाउने पक्षमा आएको दाबी गर्छन् ।  थापाले भनेजस्तै उमेर हद लगाउने पक्षमा परिणाम आएको भए क्रान्तिकारी विद्यार्थी संगठनमा अब नयाँ पुस्ता र अनुहारका नेताको उदय हुने  देखिएको छ।

निर्वाचन आयोगलाई चाँडोभन्दा चाँडो निर्वाचन परिणाम घोषणा गर्न थापाले आग्रह गरेका छन् । तर निर्वाचन आयोगले मत परिणाम घोषणा नगरेसम्म कस्तो मत परिणाम आयो भन्ने अन्योल नै छ ।

यस्तो छ निर्वाचन समितिको सूचना

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ०५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल