आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ४०, गोलभेडा सानो (भारतीय) ६०, गोलभेडा सानो (तराई) ६०, आलु रातो प्रतिकेजी ५७, आलु रातो (भारतीय) ४६, आलु सेतो ४२, प्याज सुकेको (भारतीय) ६८, गाजर (लोकल) प्रतिकेजी १५०, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, काउली स्थानीय ५०, स्थानीय काउली (ज्यापु) ६०, काउली (तराई) ३०, मूला रातो ४०, मूला सेतो (लोकल) ३५, सेतो मूला (हाइब्रीड) ४५, भान्टा लाम्चो ६०, भान्टा डल्लो ७०, मकै बोडी ७०, मटरकोसा १४०, घिउ सिमी (लोकल) ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले तिते करेलाको मूल्य प्रतिकेजी ११० रुपैयाँ तोकेको छ । यस्तै, लौका ७०, स्कुस ३५, रायो साग ३०, पालुङो १००, चमसुर १००, तोरीको साग ५०, मेथी साग १००, तरुल ८०, च्याउ (कन्य) १२०, च्याउ (डल्ले ) ३००, ब्रोकाउली ६०, गान्टेमुला ८०, तामा प्रतिकेजी १००, तोफु १२०, कागती १३०, लोकल काँक्रो १३० र गुन्द्रुक प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, झोले स्याउ प्रतिकेजी २६०, फुजी स्याउ ३००, केरा प्रतिदर्जन १७० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : १८ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको