कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै | Khabarhub Khabarhub

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए ।

प्रयोगशाला सञ्चालन गर्न नौ जना प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उनले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९–०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ । वार्षिक २० लाख आम्दानी पनि भएको उनले बताए ।

प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव–बेस’को डेन्सिटी’ परीक्षण पनि हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका