सत्तामा ‘टपरीवाद’ र ‘डोरीवाद’को प्रभुत्व « Khabarhub

सत्तामा ‘टपरीवाद’ र ‘डोरीवाद’को प्रभुत्व



वास्तवमा अहिलेको यो राजनीतिक प्रणाली नै होइन । त्यसैले हामीले प्रणालीको विकल्प नभएर नयाँ राजनीतिक प्रणाली स्थापना गर्न खोजेका हौँ । अहिलेको व्यवस्था र प्रणालीलाई परिभाषित गर्‍यौँ भने यो भीडतन्त्रको, दुर्जन प्रजातन्त्रको परिभाषाभित्र पर्दछ । अर्को अर्थमा यसलाई आयातित लोकतन्त्रका रूपमा पनि परिभाषित गर्न सकिन्छ ।

विदेशीले विशेषगरी साम्राज्यवादी, विस्तारवादी र पूँजीपतिका यी दलालहरूबाट दासत्व स्वीकार गरेर लोकतन्त्रका रूपमा भाषित गरेका कारणले यो आयातित लोकतन्त्रको रूपमा परिभाषित भयो । अर्कोतर्फ नेपाली जनताको घाँटी रेटेर सर्वहारा जनताको नाममा कथित जनयुद्ध लडेर ल्याएको गणतान्त्रिक शासन प्रणालीका रूपमा परिभाषित गरिँदा संविधान पनि मृत भइसकेको अवस्था हो । यहाँ जुन कानूनी प्रणाली, व्यवस्था, पद्धति र विधि छ – त्यो विधि मृत्युवरणको अवस्थामा छ । त्यसकारण यो एउटा लोकतन्त्र र प्रजातन्त्रका रूपमा परिभाषित गर्न अयोग्य रह्यो ।

यसबीच भएका जे जति क्रिया प्रतिक्रिया तथा अकाट्य कुकर्म छन् – ती सबै ठगतन्त्र, जालसाजीतन्त्रका रूपमा स्थापित भएको एउटा अवस्था छ । हामीले ‘टपरीवाद’ भनेर स्थापना गरेका छौँ । टपरीवाद भनेको झुटवाद नक्कलीवाद र निरंकुशता हो, तानाशाही प्रवृत्ति हो । यो उत्तिकै प्रतिशोधी र पूर्वाग्रहीपूर्ण पनि छ । सत्ता सञ्चालन गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) टपरीवादको हिस्साभित्र पर्छन् ।

अर्को छ ‘डोरीवादी’ चरित्र ! अहिलेको सन्दर्भमा साम्राज्यवादी, विस्तारवादी र पूँजीपतिका दलाल, उपप्रधानमन्त्रीको भरियाका रूपमा काम गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी चाहिँ यो परिभाषाभित्र पर्दछ । अर्का मनोरोगी हुन् । आफूलाई राजावादी भन्ने, तर तिनीहरू मनोवैज्ञानिक रूपमा च्युत भइसकेका र मान्छेको भूमिकामा परिभाषा गर्न नसकिने खालका छन् । एउटा समूह बनाएर विभिन्न नाममा अभियान सञ्चालन गराइराखेकाहरू छन् । त्यो किसिमको मनोरोगी परिभाषाभित्र तिनीहरू आफूलाई कहिले राजावादी भन्ने गर्छन् । यसमा केही नवपक्षवादीहरूको पनि संलग्नता छ ।

जनता र भूगोलका सबै विषय समावेश भएर राजा बिनाको नेपालको राष्ट्रियता परिकल्पना गर्न सकिँदैन । नेपालको राष्ट्रियताको आधुनिक परिभाषाको स्थापना पृथ्वीनारायण शाहबाट भएको र त्यो पृथ्वीनारायण शाह नेपालको शाहवंश भनेको एकताको प्रतिबिम्ब हो   

नवपक्षवादीहरू भनेका पहिला कम्युनिस्ट पृष्ठभूमिका, अहिले राजाको बखान गर्ने, तर वास्तवमा ती कम्युनिष्ट पनि होइनन् र राजावादी पनि होइनन् । यिनीहरू कस्ता हुन्छन् भने मञ्च खोजिरहने र त्यो मञ्चमा एउटा बोल्ने वक्ताका रूपमा परिभाषित गरेपछि उनीहरू अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट, विदेशीहरूको भूमिकाको विरोध गर्ने र राजा ठीक थिए भन्ने एउटा सन्देशलाई प्रवाह गर्न खोजिराखेको जस्ता देखिन्छन् । वास्तवमा ती अवसरवादीहरू, त्यस्तो प्रकृतिका मान्छेहरू मनोरोगकै परिभाषाभित्र पर्छन् ।

त्यसैले यी वाहकमार्फत एउटा विधि, पद्धति प्रक्रिया र प्रणाली स्थापित नभएको सन्दर्भमा एउटा प्रणाली, एउटा विधि, वीरताबाट अधिराज्यको स्थापना गर्ने हाम्रो लक्ष्य हो । अधिराज्य स्थापना भइसकेपछि अधिराज्यको पुनःसंरचना, सुशासन कायम गर्दै विकासको साम्यवादी सौर्य यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो एकलव्य यात्रा हो ।

हामी प्रणाली फेर्नेमा हैन, नयाँ व्यक्ति छान्नेमा लागेका छौँ । त्यसरी कोही व्यक्ति आए उनीहरूसँग काँधमा काँध जोडेर अगाडि बढ्छौँ । त्यसैले हामी पहिला पात्र शुद्ध हुनुपर्छ भनेर लागेका छौँ । जस्तो : कुनै व्यक्तिले दुई वा बढी नागरिकता बनाएको छ भने उसले जीवनमा अर्को ठगी धन्दा गर्दैन भन्ने पूर्वानुमान गर्नु हुँदैन । त्यो गलत साबित हुन्छ । त्यसकारण सभ्यहरूको अवलोकन गरेर समग्रताको मूल्याङ्कन गरेर मात्रै अगाडि बढाउँछौं ।

पहिलाका नयाँ शक्ति भनेर संकेत गर्दै गरेको अवस्थामा यो टपरीवादको एउटा हिस्सा हो । यसले झुटको राजनीति गर्छ भनेर मैले भनेको थिएँ । यिनलाई राजनीतिक विकल्पका रूपमा हैन, अपराधका विकल्पका रूपमा लिँदा हुन्छ । तर, त्यो पात्रको सन्दर्भमा मैले धर्मको विषय जोडेको होइन ।

राजनीति गर्नु भनेको ठग्नु र अपराध गर्नु होइन, दान हो । त्यसैले नेपाल एकता पार्टीको कुनै पनि व्यक्ति सार्वजनिक पदस्थापनमा रहने अवस्था सिर्जना भयो भने हामी राज्यबाट सेवा सुविधा भन्ने कुनै पनि कुरा लिँदैनौं  

राजालाई जोड्ने भन्ने विषय पनि हाम्रो प्रमुख विषय होइन । तर, प्रमुख भनेको नेपाल हो । भारत, अमेरिका या बेलायतको राष्ट्रियताभन्दा हाम्रो राष्ट्रियताको परिभाषा भिन्न र उचाइमा छ । तर, त्यो परिभाषा आजका मितिसम्म कुनै पनि राजनीतिक दलले गरेका छैनन् । जस्तै – नेपाल विश्वको सबैभन्दा पुरानो देश इन्द्र, हिन्द र सिन्ध सभ्यताको प्रतिबिम्ब हो ।

जनता र भूगोलका सबै विषयहरू समावेश भएर राजा बिनाको नेपालको राष्ट्रियता परिकल्पना गर्न सकिँदैन । नेपालको राष्ट्रियताको आधुनिक परिभाषाको स्थापना पृथ्वीनारायण शाहबाट भएको र त्यो पृथ्वीनारायण शाह नेपालको शाहवंश भनेको एकताको प्रतिबिम्ब हो । त्यसकारण इतिहासमा त्यसका वंशजले मुलुकको निमित्त गरेको भूमिकाको जवाफदेहिता, उत्तरदायित्व र जिम्मेवारीपना त्यसको वंशमा रहनुपर्छ भनेर हामीले राष्ट्रियताको परिभाषा गरेका हौँ ।

अब हामीले नेपाली जनतामाझ जनचेतनाको अवधारणा पुर्‍याउँछौँ । नेपाली जनताले एकचोटी सत्यतथ्य बुझ्ने छन् । त्यसको परिणाम हामीले यो मुलुकमा हामीले परिकल्पना गरेको शासन अधिकार स्थापना गर्छौँ ।

राजनीति गर्नु भनेको ठग्नु र अपराध गर्नु होइन, दान हो । त्यसैले नेपाल एकता पार्टीको कुनै पनि व्यक्ति सार्वजनिक पदस्थापनमा रहने अवस्था सिर्जना भयो भने हामी राज्यबाट सेवा सुविधा भन्ने कुनै पनि कुरा लिँदैनौं । राजनीतिलाई एउटा पवित्र क्रियाका रूपमा स्थापित गर्छौं ।

(अधिवक्ता तथा नेपाल एकता पार्टीका अध्यक्ष डा. महेन्द्रजंग शाहले राखेका धारणाको सम्पादित अंश ।)

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ४६ बजे

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा