कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने « Khabarhub

कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढीपहिरोका कारण देशभर यातायात आवागमन प्रभावित भएको मौका छोपी एकाएक उच्चतम मूल्यमा टिकट बेच्न थालेका वायुसेवा सञ्‍चालकहरू हच्किएका छन्‌ ।

विपद्‌का बेला सास्तीमा परेका यात्रुलाई अभरमा पारेर नाफा कमाउन खोजेको भन्दै आलोचना भएपछि कम्पनीहरूले हवाई टिकटको मूल्य अपर लिमिटबाट तल झारेका हुन्‌ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण यतिखेर काठमाडौं आवतजावत गर्ने अधिकांश नाका ठप्प छन्‌ । ठाउँ-ठाउँमा पहिरो झरेका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध छन्‌ ।

तीन दिनको वर्षाले सडक यातायात सञ्‍जाल तहसनहस बनाएपछि यात्रुहरूले गन्तव्यमा पुग्न हवाई मार्ग नै रोज्नुपर्ने बाध्यता छ । यही बाध्यताको फाइदा उठाउँदै निजी वायुसेवा प्रदायक कम्पनीहरूले शनिबार दिउँसो मौसम खुलेसँगै आन्तरिक उडानको भाडा ह्वात्तै बढाएका थिए ।

हवाई भाडा अचाक्ली बढाएको भन्दै सरकारकै व्यापक आलोचना भएपछि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट विपत्तिको समयमा पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै मूल्यमा भाडा लिन अनुरोध गरेका थिए ।

प्रधानमन्त्रीले अनुरोध गर्दा पनि हवाई भाडा नघटाएपछि आइतबार नै बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा वायुसेवा प्रदायक कम्पनीहरूमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो । समिति बैठकले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठुलो असर पारेको देखिन्छ’, समितिले दिएको निर्देशनमा लेखिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’

पछि हट्यो संघ

पानी पर्न कम हुनासाथ शनिबारकै उडानमा हवाई टिकटको मूल्य अपर लिमिटमा पुर्‍याएका वायुसेवा कम्पनीहरूले चौतर्फी दबाब खेप्नुपर्दा पछि हटेका छन्‌ ।

वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्‍चालक संघ नेपालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार)देखि असोज १६ गते बुधबारसम्म नेपाल सरकारले तोके बमोजिम अपर लिमिटमा लिँदै आएको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको हो ।

संघले सरकारसँग परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन पनि आग्रह गरेको छ । हवाई इन्धनको मूल्य घटाउँदा यात्रामा लाग्दै आएको फ्यूल सजचार्ज स्वतः घट्ने र त्यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाउने संघले दाबी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन र यात्रु सेवा शुल्क लगायत अन्य दस्तुरहरूमा छुट दिनुपर्ने संघको माग छ ।

अपर लिमिट हटाउने भने पनि आइतबार बेलुकीसम्म पनि कम्पनीहरूले अधिकतम मूल्यमै हवाई टिकट बिक्रीमा राखेका छन्‌ । घटाएकाहरूले पनि टिकटको मूल्यमा केही सय रुपैयाँमात्रै तलमाथि गरेका छन्‌ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको