राति चाँडै सुत्दा र चाँडै उठ्दा के फाइदा हुन्छ ? « Khabarhub

राति चाँडै सुत्दा र चाँडै उठ्दा के फाइदा हुन्छ ?


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सवेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ ।

समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, ल्यापटप हेरेर बिहान अबेरसम्म सुत्ने गर्दछन् ।

समयमा सुत्ने र उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ ।

बिहान अबेरसम्म सुत्दा मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने चिकित्सकहरू बताउँछन् ।

दिनभरिको थकानले शरीरलाई हानी पुर्‍याइरहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

बिहान सबेरै उठ्नुका फाइदाहरू
– बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।

– बिहान छिट्टै उठ्ने मानिसमा डिप्रेसनको सम्भावना कम हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार ढिलोसम्म सुत्ने र राती धेरै बेरसम्म नसुत्नेमा        डिप्रेसनको समस्या दुई गुणा बढी हुने गर्छ ।

– सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वास्थ्य राख्दछ ।

– चाँडै उठ्नाले काम गर्नका लागि समय धेरै मिल्दछ र व्यायाम गर्न पनि समय हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुने र शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

– बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोग र मुटुको समस्या कम हुन्छ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ३३ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित