राति चाँडै सुत्दा र चाँडै उठ्दा के फाइदा हुन्छ ? « Khabarhub

राति चाँडै सुत्दा र चाँडै उठ्दा के फाइदा हुन्छ ?


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सवेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ ।

समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, ल्यापटप हेरेर बिहान अबेरसम्म सुत्ने गर्दछन् ।

समयमा सुत्ने र उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ ।

बिहान अबेरसम्म सुत्दा मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने चिकित्सकहरू बताउँछन् ।

दिनभरिको थकानले शरीरलाई हानी पुर्‍याइरहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

बिहान सबेरै उठ्नुका फाइदाहरू
– बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।

– बिहान छिट्टै उठ्ने मानिसमा डिप्रेसनको सम्भावना कम हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार ढिलोसम्म सुत्ने र राती धेरै बेरसम्म नसुत्नेमा        डिप्रेसनको समस्या दुई गुणा बढी हुने गर्छ ।

– सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वास्थ्य राख्दछ ।

– चाँडै उठ्नाले काम गर्नका लागि समय धेरै मिल्दछ र व्यायाम गर्न पनि समय हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुने र शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

– बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोग र मुटुको समस्या कम हुन्छ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ३३ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज