आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस « Khabarhub

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने
सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा ९४० ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ ।

संशोधित कार्यविधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ । यस्तो कर्जाका लागि जेनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई ५० लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनसहित विभिन्न प्रस्ताव तथा प्रतिवेदन पेश गरिएका छन्।

बन्दसत्रमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र संघर्षका चरणमा योगदान दिएका नेताकार्यकर्तालाई विधि र प्रक्रिया विपरीत अपमानित गर्ने काम भइरहेको उल्लेख गरिएको छ।

त्यस्तै, १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अद्यावधिक गर्न दबाब दिनु अनुचित भएको निधिको प्रतिवेदनमा उल्लेख छ।

कांग्रेस नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणापत्र प्रस्तुत गर्दै सामान्यतया एक व्यक्ति एकैपटक एक पदमा मात्र जिम्मेवारीमा रहन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

लेखकको अवधारणापत्रमा केन्द्रीय महाधिवेशनको कार्यकाल समाप्त हुन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने
फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक झापा र इलामका कार्यक्रममा सहभागी हुन पुगेका छन्। ओली शनिबार झापाबाट इलामको फिक्कलतर्फ प्रस्थान गरेका हुन्।

इलामको फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासङ्घको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिए। उनका अनुसार ओली आज इलाममै बस्नेछन् र आइतबार झापामा हुने कार्यक्रममा सहभागी हुनेछन्।

आजको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ। ओलीले इलाममा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।

बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।

उक्त निर्वाचनमा वृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ ।

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता
कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुगेको छ। घटनामा करिब ४०० जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये दुई तिहाइभन्दा बढी काली र पेरेरा सहरका रहेका छन्। भूकम्पबाट घाइते हुनेको सङ्ख्या पनि उल्लेख्य रहेको र घाइतेमध्ये आधाभन्दा बढी प्रमुख सहरी क्षेत्रमा रहेको जनाइएको छ।

पेरेरा सहरमा उद्धार टोलीले क्षतिग्रस्त एक होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धारका लागि अभियान सञ्चालन गरिरहेको छ। भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

सरकारी तथ्याङ्कअनुसार पश्चिमी कोलम्बियाका हजारौँ आवासीय घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। भूकम्पका कारण हजारौँ परिवार विस्थापित भई अस्थायी शिविर तथा अन्य सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

कङ्गोमाको इबोला प्रकोप तीव्र

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द












प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ०२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर