आज फलफूल तथा तरकारीको मूल्य कति ? | Khabarhub Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२० रुपैयाँ, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ७० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १७०, रातो आलु ३०, रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला र रातो मूला १५, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रुपैयाँ, तोरीको साग ४०, रायोको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज १२०, पुदिना ३२०, ब्रोकाउली ९०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी १२०, र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ४७ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले