काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित गर्ने भएको छ ।
आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको उपाध्यक्ष डा. बेदुराम भुसालले बताए ।
यस्तै पार्टीले नेताहरूको उमेर हद पनि कायम नराख्ने भएको सम्मानित नेता झलनाथ खनालले बताए ।
प्रतिक्रिया